Kathmandu Press

पत्नीसँग आपत्तिजनक अवस्थामा भेटेपछि राजकुमारले गरे बाबुको हत्या

रौतहट, फागुन ११ : रैतहटको दुर्गा भगवती गाउँपालिका ३  पर्सा टोलका एक युवकलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत २८ माघमा....

पत्नीसँग आपत्तिजनक अवस्थामा भेटेपछि राजकुमारले गरे बाबुको हत्या

रौतहट, फागुन ११ : रैतहटको दुर्गा भगवती गाउँपालिका ३  पर्सा टोलका एक युवकलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत २८ माघमा ७० वर्षीय फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो । फेकनको अनुहार, टाउको, छाती, र धानँटीमा धाँरिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको थियो। 

प्रहरीले हत्याको आरोपमा फेकनका छोरा २५ वर्षीय राजकुमार पण्डितलाई पक्राउ गरेको हो। 

आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा बाबुलाई भेटेपछि रिस थाम्न नसकी हत्या गरेको राजकुमारले बयान दिएको प्रहरीले जनाएको छ। 

राति ३ बजे बाबुको हत्या गरी घर आएर कपडा फेरी उनी पुन गोठमा फर्किएका थिए । बिहान ५ बजे बाबुको हत्या भएको भन्दै उजैले गाउँले र प्रहरीलाई खबर गरेका थिए।

प्रकाशित मिति: १६:५२ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्