लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने

काठमाडाैं, भदाै ३१ : प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको प्रतिवेदनमा उल्लेख बेरुजुबारे अध्ययन गर्ने भएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले महालेखाको ४४ देखि ६०औं प्रतिवेदनसम्म अध्ययन हुन नसकेको भन्दै विभिन्न उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।
२१ वटा मन्त्रालय र २० वटा संवैधनिक आयोगको बेरुजु अध्ययन गर्न समितिले विभिन्न ९ वटा कलष्टर छुट्टाएर उपसमिति बनाएको छ।
बेरुजु सम्परीक्षण उपसमितिले गम्भीर प्रकृति, सामान्य प्रकृति लगाएतका बेरुजु छुट्टाएर थप अध्ययन गर्ने सभापति पोखरेलले बताए।
हरेक वर्ष बेरुजु बढ्दै गएको अवस्थामा यसको कारणका बारेमा पनि अध्ययन गरिने समितिले जनाएको छ।
प्रकाशित मिति: १५:०८ बजे, आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












