Kathmandu Press

संविधान संशोधनको लागि नेकपाको कार्यदल गठन

काठमाडौं, फागुन ११ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको....

संविधान संशोधनको लागि नेकपाको कार्यदल गठन

काठमाडौं, फागुन ११ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । कार्यदलमा पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ र नेता खिमलाल देवकोटा छन्।

कार्यदलले उपाध्यक्ष बामदेव गौतमको मागअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न गृहकार्य गर्ने बताइएको छ।

नेकपाले राष्ट्रपतिबाट मनोनित गरेर गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन चाहेपनि गौतमले भने राष्ट्रियसभा सदस्य र प्रधानमन्त्रीसमेत हुन पाउने गरी संविधान संशोधन गर्नुपर्ने शर्त राख्दै आएका छन् । त्यही सर्त अनुसार जै उनी उनी माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनेका थिएनन्।

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्