पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, भदाै ३१ : नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार तीन रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको छ।शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १३:२५ बजे, आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












