डा. खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको जिम्मेवारी
काठमाडाैं, फागुन ११ : अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
आइ....

काठमाडाैं, फागुन ११ : अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
आइतबार दिउँसो मन्त्रालय पुगेर खतिवडाले सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै सञ्चारमन्त्री खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरे। मन्त्री खतिवडाले सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पुर्याउनु पर्नेमा जोड दिए।
उनले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढाउन सरकार र आमसञ्चार माध्यमबीचको सहकार्यको आवश्यकता रहेको बताए। सञ्चारसम्बन्धी केही विधेयक निर्माण प्रक्रियामै रहेकाले त्यसलाई छलफल गरेर मात्र ल्याउने बताए। संघीयताको पूर्ण कार्यान्वयनसँगै लोकतन्त्रलाई बलियो बनाउन पनि सरकार र सञ्चारमाध्यमबीच सहकार्य हुन आवश्यक रहेको खतिवडाको भनाइ छ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन माग गरेको अडियो संवाद सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा थिए। उनको राजीनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार नै अर्थमन्त्री खतिवडालाई सञ्चार मन्त्रालयको समेत कार्यभार तोकेकी थिइन्।











