पोखरीमा डुबेर मोरङमा दुई बालिकाको मृत्यु
विराटनगर, भदाै ३० : पोखरीमा डुबेर मोरङको ग्रामथानमा शनिबार दुईजना बालिकाको मृत्यु भएको छ। नुहाउने क्रममा उनीहरु पोखरीमा डुबेका थिए।
प्रहरीका अनुसार ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १० र १२ वर्षीया बालिकाको मृत्यु भएको हो।
ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जनाए।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकिस्त भएका उनीहरुलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। चिकित्सकले उनीहरुलाई मृत घोषित गरेका थिए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:१९ बजे, शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३ अर्ब बढी लागतमा निर्माणधीन मुख्यमन्त्री कार्यालय र मन्त्रालयका भवन अन्तिम चरणमाशुक्रबार, पुस ५, २०८१
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधनबिहीबार, पुस ४, २०८१
लुम्बिनी विकास कोषमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालनबिहीबार, पुस ४, २०८१
‘देश र जनतालाई केन्द्रमा राखेर सञ्चारकर्मीले काम गर्नुपर्छ’बिहीबार, पुस ४, २०८१