Kathmandu Press

सातामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घट्यो 

नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार सुनको मूल्य गत साता शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको हो।
सातामा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घट्यो 

काठमाडौं, भदाै ३० : नेपाली बजारमा यो सातामा सुनको मूल्य प्रतितोला ५ सय  रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार सुनको मूल्य गत साता शुक्रबारको तुलनामा तोलामा ५०० रुपैयाँले घटेको हो।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम थियो। जुन, यो साताको शुक्रबारसम्ममा ५०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा रहेको छ।

यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साता १ लाख ११ हजार २५० रुपैयाँ छ।

यो साता चाँदीको मूल्य भने स्थिर रहेको छ। गत साताको शुक्रबार तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदी यो साताको शुक्रबार समेत सोही मूल्यमा कारोबार भएको हो।
 
प्रकाशित मिति: १३:५८ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्