Kathmandu Press

आफ्ना बारेमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध

मन्त्री लामाले घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा म आफू दृढ रहेको उल्लेख गर्दै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गर्दै छानविन र अनुसन्धानमा सयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
आफ्ना बारेमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध

काभ्रे, भदौ ३० : नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामाले आफूलाई अनावश्यक विवादमा मुछेर गलत प्रचार नगर्न सम्बद्ध सबैमा अनुरोध गरेका छन्।

२०८० भाद्र २५ गते काठमाडौंमा सुन जस्तो पहेंलो धातुको डल्ला (९६० ग्राम) बरामद भएको घटनामा आफ्नो समेत नाम मुछेर समाचार प्रकाशित भइरहेको भन्दै उनले विज्ञप्तिमार्फत खण्डन गरेका छन्।

‘कपोलकल्पित, तथ्यहिन र पूर्वाग्रही’ समाचारले आफूलाई मर्माहत र दुःखित तुल्याएको भन्दै उनले समाचारमा कुनै सत्यता नरहेको र कुनै प्रकारको संलग्नता नरहेको विज्ञप्तिमार्फत आवश्वत पारेका छन्।

Hardik ivf

‘बाग्मती प्रदेश सरकारको मन्त्री र नेपाली कांग्रेस काभ्रेको सभापतिको हैसियतमा मेरो धेरै जनसम्पर्क हुन्छ, ती समयमा वा अन्य कुनै प्रसंगमा कसैले खिचेका तस्विर समेत राखेर समाचार प्रकाशित गरिनु, सामाजिक सञ्जालमा अतिरञ्जित बनाउनु मेरो राजनीतिक र चारित्रिक हत्या गर्ने कुत्सित मनसाय बाहेक केही होइन,’ उनले भनेका छन्, ‘मलाई विवादमा ल्याउन चाहने निकृष्ट मानसिकता र दुराशयका साथ भएका यस्ता कार्यप्रति म सचेत छु।’

377125167_1636369980102823_5697699676592345717_n1694845031.jpg
 
मन्त्री लामाले घटनाको सत्यतथ्य छानबिन होस् भन्ने पक्षमा म आफू दृढ रहेको उल्लेख गर्दै दोषी पत्ता लगाउन र दोषीलाई कानुन बमोजिम कारवाहीको पनि माग गरेका छन्। उनले घटनाको छानविन र अनुसन्धानमा सयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

गलत सूचनाका आधारमा कसैको मानहानी हुने गरी समाचार सम्प्रेषण नगर्न, सामाजिक सञ्जालमा अतिरञ्जित नगर्न र लोकतन्त्रको आधारभूत सिद्धान्त अनुसार नागरिकलाई सत्य तथ्य सूचना मात्र प्रवाह गर्न सम्बद्ध सबैमा अनुरोध समेत गरेका छन्।

यस्तै, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेले पनि एक विज्ञप्ती जारी गर्दै यो घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवद्वय गुणराज मोक्तान र माधव ढकालले विज्ञप्ति जारी गर्दै आफ्ना सभापति लामाको चरित्र हत्या गर्ने, सामाजिक मर्यादामा आँच पु¥याउने दुषित मनसायका साथ प्रकाशित झुठा र आधारहीन समाचारप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रे घोर भर्त्सना, निन्दा एवं खण्डन गर्दै उक्त झुठा समाचारको कारण कुनै भ्रममा नपर्नु हुन सम्पूर्ण जनसमुदाय समक्ष अनुरोध गरिएको छ।

कलुषित मनसायका साथ प्रकाशित यस्ता घृणित झुठा समाचार प्रचार प्रसार नगर्नु नगराउनु हुन  र जनतालाई सत्यतथ्य सूचना मात्र संप्रेषण गर्न सम्बन्धित सञ्चार माध्यमको ध्यानाकर्षण पनि काभ्रे कांग्रेसले गराएको छ।

नेपाली कांग्रेस काभ्रेले उक्त घटना उपर छानविन एवं अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउनु हुन सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दै प्रकृयामा सहयोग गर्न नेपाली कांग्रेस काभ्रे प्रतिबद्ध रहेको जनाएको छ।

377372967_6031526063613638_6740870084713304750_n1694845030.jpg

प्रकाशित मिति: १२:०१ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्