Kathmandu Press

प्रधानमन्त्री ओलीको जन्मदिनमा आठराईमा पाँच हजारलाई भोज! 

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा पाँच हजारलाई भोज खुवाउने तयारी गरिएको छ। 

ओलीको जन्मस्थल तेह्रथुमक....

प्रधानमन्त्री ओलीको जन्मदिनमा आठराईमा पाँच हजारलाई भोज! 
फाइल

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा पाँच हजारलाई भोज खुवाउने तयारी गरिएको छ। 

ओलीको जन्मस्थल तेह्रथुमको आठराईमा तीन हजारदेखि पाँचहजारलाई भोज खुवाउने तयारी गरिएको हो। यस्तै, प्रधानमन्त्री ओलीले चार हजार जेष्ठ नागरिकलाई न्यानो कपडा (सारी, पच्छ्यौरी, ढाका टोपी र ज्याकेट) वितरण गर्ने कार्यक्रम छ। 

दुई हजार विद्यार्थीलाई डायरी र कलम समेत वितरण गर्ने कार्यक्रम रहेको आठराई गाँउपालिकाका अध्यक्ष मनबहादुर लिम्बुले जानकारी दिए। 

यस्तै, प्रधानमन्त्री ओलीले तेह्रथुमको सुकेपोखरी–ढुंगेसाँघु सडकको शिलान्यास, नेपाल बैंक लिमिटेडको शाखा उद्घाटन र घरमा बाल्यकालका साथीहरुसँग बसेर केक काट्ने कार्यक्रम छ। २००८ साल फागुन ११ गते जन्मिएका ओली ६९ वर्ष लागेका छन्।

प्रकाशित मिति: १५:११ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्