Kathmandu Press

कर्मचारी छनौटमा आयोगले जनतामा विश्वास कायम गरेको छ : प्रदेश प्रमुख खापुङ

प्रदेश प्रमुख खापुङले कर्मचारी भनेको स्थायी सरकार भएकोले यसको दह्रो जग बनाउन आयोगले महत्वपूर्ण भूमिका निभाएको पनि बताए।
कर्मचारी छनौटमा आयोगले जनतामा विश्वास कायम गरेको छ : प्रदेश प्रमुख खापुङ

मोरङ, भदौ ३० : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कर्मचारी छनौटमा प्रदेश लोकसेवा आयोगले जनतामा विश्वास कायम गरेको बताएका छन्।

लोकसेवा आयोगको आर्थिक वर्ष २०७९÷८०को चौथो वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले प्रदेशमा योग्य कर्मचारी छनौटमा सहयोग पु¥याउनसरकारसँग आवश्यक छलफल गर्ने बताए।

प्रदेश प्रमुख खापुङले कर्मचारी भनेको स्थायी सरकार भएकोले यसको दह्रो जग बनाउन आयोगले महत्वपूर्ण भूमिका निभाएको पनि बताए।

प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको कार्यालयमा आवश्यक सुरक्षा सुदृढ गर्न प्रहरीको विट राख्न आग्रह गरेका छन्।
 
आयोगले गत वर्ष ४ सय ४० पदका लागि २ सय ८४ जना पुरुष र १ सय २५ महिला गरी ४ सय ९ जना उम्मेदवार नियुक्ति लागि सिफारिस गरेको छ।

प्रकाशित मिति: ०७:३३ बजे, शनिबार, भदौ ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्