Kathmandu Press

जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मघरमा

तेह्रथुम, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघर पुगेका छन्।

....
जन्मदिन मनाउन प्रधानमन्त्री ओली जन्मघरमा
फाइल फाेटाे

तेह्रथुम, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९औँ जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघर पुगेका छन्।

उनी आइतबार अपराह्न २ बजे हेलिकप्टरबाट इवा पुगेका हुन्। उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेश सभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए।

प्रधानमन्त्री पत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सङ्घीय सांसद गणेश विमलीलगायत पनि इवा पुगेका छन्।

उनले आजै सुकेपोखरी–भदौरै सडकको पनि शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गर्नेछन्।

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्