सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै आर्थिक रूपान्तरण सम्भव छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने बताए।काठमाडौं, भदौ २९ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रको सहकार्य प्रभावकारी नभएसम्म देशको आर्थिक रूपान्तरण सम्भव नभएको बताएका छन्।
नेपाल उद्योग परिसंघको २०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक रुपान्तरण गर्नै सरकार र निजी क्षेत्रबीको सहकार्य प्रभावकारी हुनुपर्ने बताए।
प्रधानमन्त्री दाहालले निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष हासिल गर्न सकिने भन्दै आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न नसक्ने बताए।
‘निजी क्षेत्रसँग सहकार्यले नै दिगो विकासको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने कुरामा म स्पष्ट छु । म प्रधानमन्त्रीको जिम्मेवारी हुँदा मात्र होइन,’ प्रधानमन्त्री दाहालले भने, ‘म जुन सुकै अवस्थामा पनि निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउन नसक्दासम्म देशले आर्थिक रूपान्तरण गर्न सक्दैन।’
प्रधानमन्त्री प्रचण्डले सरकारका ऐन कानून विधि विधान र निर्णयहरु निजी क्षेत्रको सम्भावनालाई राष्ट्र निर्माणको कुरामा प्रयोग गर्नु पर्ने बताए। उनले भने,‘सरकारका ऐन कानून विधि विधान र निर्णयहरु निजी क्षेत्रको पोटेन्सीयललाई अधिकतम राष्ट्र निर्माणको कुरामा प्रयोग गर्ने कुरामा केन्द्रित हुनुपर्छ।’