Kathmandu Press

शिवरात्रिका साधुसन्तलाई बाँडिदै १० लाख बाटो खर्च

काठमाडौं, फागुन ११ : शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई बाटो खर्च प्रदान गरिएको छ। यसका लागि पशुपति क्षेत्र विकास कोषले १० लाख र....

शिवरात्रिका साधुसन्तलाई बाँडिदै १० लाख बाटो खर्च
काठमाडाैं प्रेस

काठमाडौं, फागुन ११ : शिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तलाई बाटो खर्च प्रदान गरिएको छ। यसका लागि पशुपति क्षेत्र विकास कोषले १० लाख रुपैयाँ छुट्याएको छ।

आइतबार बिहानदेखि साधुसन्तलाई बाटो खर्च दिएर विदाइ गर्न थालिएको छ। साधुसन्त मध्ये पनि नागाबाबाले बढी र अन्यले कम खर्च पाउनेछन्।

कोषका अनुसार, प्रत्येक नागाबाबालाई पाँच हजार रुपैयाँ दिइनेछ। त्यस्तै, अन्य बाबालाई एक सय एकदेखि चार हजार रुपैयाँसम्म वितरण गरिन लागेको हो।

साधुसन्तको कार्ड हेरेर बाटो खर्च वितरण प्रदान गरिन लागेको कोषका सदस्य सचिव प्रदीप ढकालले बताए।

उनका अनुसार शिवरात्रिमा पाँच हजारभन्दा बढी साधुसन्त पशुपतिनाथको दर्शनका लागि आएका छन्। ‘शिवको अर्काे रुप साधु हो भन्ने मान्यता छ । धार्मिक आस्थाले जोडिएको पक्ष भएकाले बाटो खर्चसहित विदाई गर्ने चलन छ,’ ढकालले भने। धेरैजसो साधुसन्त भारतबाट आएका छन्।

कोषसँगै गुठी संस्थानले पनि साधुसन्तलाई बाटो खर्च दिने गरेको छ। संस्थानले पनि साधुसन्तको कार्ड हेरेर खर्च दिने जनाएको छ।

 

प्रकाशित मिति: १३:५९ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्