उकालो लाग्यो सुनचाँदीको भाउ
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम छ।
काठमाडौं, भदाै २९ : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको भाउ बढेको छ।
आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले चाँदी १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो।
प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












