Kathmandu Press

रुसद्वारा दुई अमेरिकी कूटनीतिज्ञ निष्कासित

अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ। 
रुसद्वारा दुई अमेरिकी कूटनीतिज्ञ निष्कासित

मस्को, भदौ २९ : रुसी सरकारले दुई  जना अमेरिकी कूटनीतिज्ञलाई निष्काशन गरेको छ।  मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो। 

अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्क (सिएनएन) का अनुसार अमेरिकी दूतावासका पूर्वकर्मचारी रुसी नागरिकलाई ‘सूचक’ भएको आरोप लगाएर कूटनीतिज्ञद्वय जेफ्री सिलिन र डेभिड बर्नस्टेनलाई एक साताभित्र रुस छाड्न आदेश दिएको छ। 

संयुक्त राज्य अमेरिकाले रुसको उक्त निर्णयको निन्दा गर्दै मस्कोलाई ‘रचनात्मक कूटनीतिक संलग्नतामा द्वन्द्व निम्त्याएको’ टिप्पणी गरेको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरलले रुसी निर्णयका निम्ति मस्कोलाई उचित जवाफ दिने बताएका छन्

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, भदौ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्