Kathmandu Press

प्रदेशमा मन्त्रालयको संख्या नबढाउन लुम्बिनी कांग्रेसकाे निर्देशन

प्रदेशमा मन्त्रालयको संख्या नबढाउन लुम्बिनी कांग्रेसकाे निर्देशन

दाङ, भदौ २८ : नेपाली कांग्रेस लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीलाई मन्त्रालयको संख्या नबढाउन निर्देशन दिएको छ।

आर्थिक भार बढ्ने र जनताको बीचमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालय नबढाउन निर्देशन दिइएको हाे। बुधबार बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले मन्त्रालय बढाउनतिर नलागी सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली चौधरीलाई निर्देशन दिएकाे हो।

Hardik ivf

जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरुस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनिति दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न बैठकले अनुराेध गरेकाे छ।

बैठकले संघीय सरकारलाई नेपालको संविधानअनुसार प्रदेश सरकारलाई अधिकार दिन पनि अनुरोध गरेको जनाइएकाे छ। बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेकाे छ।

प्रकाशित मिति: १५:४९ बजे, बिहीबार, भदौ २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्