तोलामै हजार रुपैयाँले घट्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ।
काठमाडौं, भदाै २८ : बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्य स्थिर छ। तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ रहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदरी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो।
प्रकाशित मिति: १४:२७ बजे, बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












