Kathmandu Press

भारतीय विमानस्थलमा नेपालबाट गएका यात्रुलाई कोरोना भाइरसको स्क्यान गरिने 

काठमाडौं, फागुन ११ : नेपालबाट गएका हवाई यात्रुलाई भारतीय विमानस्थलमा कोरोना भाइरसको संक्रमण भए नभएको स्क्यान गरिने भएको छ।

भारतको शनिबार बसे....

भारतीय विमानस्थलमा नेपालबाट गएका यात्रुलाई कोरोना भाइरसको स्क्यान गरिने 

काठमाडौं, फागुन ११ : नेपालबाट गएका हवाई यात्रुलाई भारतीय विमानस्थलमा कोरोना भाइरसको संक्रमण भए नभएको स्क्यान गरिने भएको छ।

भारतको शनिबार बसेको क्याविनेट सचिवस्तरीय बैठकले काठमाडौंबाट विमानमा गएका यात्रुलाई भारतीय विमानस्थलमा युनिभर्सल स्क्रिनिङ गर्ने निर्णय गरेको हो।

नेपालसँगै इन्डोनेसिया, भियतनाम र मलेसियाबाट भारत पुगेका यात्रुको पनि विमानस्थलमा स्क्रिनिङ गर्ने भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, भारतले आफ्नो नागरिकलाई अनावश्यक रूपमा सिङ्गापुरको यात्रा नगर्न समेत सुझाव दिएको छ।

भारतमा अहिलेसम्म २१ हजार आठ सय पाँच जनालाई सामुदायिक निगरानीमा राखिएको छ।

प्रकाशित मिति: १२:५१ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्