लिबिया बाढी : २ हजारको मृत्यु, १० हजार बेपत्ता, एकै सहरका ३० हजार विस्थापित
जेनेभा, भदौ २७ : पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन्।
रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन्।
लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन्। उनीहरुले दुई वटा नदीका बाँध भत्किँदा ठूलो हताहति भएको जनाउँदै ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन्।
यस्तै लिबियामा ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण दशौँ हजार विस्थापित भएका छन्। बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएको छ।
'पूर्वी शहर डेर्नामा मात्र कम्तीमा ३० हजार सर्वसाधारण विस्थापित भएका छन्भने नजिकैका अन्य शहरहरूमा थप हजारौँ घरबारविहीन भएका छन्,' आईओएमले बुधबार एक विज्ञप्ति निकालेर बताएको छ।
गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो।
यसअघि रेडक्रसका अधिकारीहरूले पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका बताएका थिए।
रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढी पछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने चेतावनी दिएका छन्।
यसैबीच, लिबियाका अधिकारीहरूले डेर्नामा ज्यान गुमाउनेको सङ्ख्या चार हजार पाँच सय नाघ्नसक्ने बताएका छन्।