Kathmandu Press

कोरियाका नेपालीलाई दूतावासले भन्यो- कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनुस्

काठमाडौं, फागुन ११ : कोरोना भाइरसबाट जोगिन विशेष सावधानी अपनाउन कोरियामा रहेका नेपाली नागरिकलाई दूतावासले अनुरोध गरेको छ।

आइतबार बिहान कोरिय....

कोरियाका नेपालीलाई दूतावासले भन्यो- कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनुस्

काठमाडौं, फागुन ११ : कोरोना भाइरसबाट जोगिन विशेष सावधानी अपनाउन कोरियामा रहेका नेपाली नागरिकलाई दूतावासले अनुरोध गरेको छ।

आइतबार बिहान कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले कोरोना भाइरस संक्रमणसम्बन्धी सूचना जारी गरी नेपाली नागरिकलाई सचेतना अपनाउन आग्रह गरेको हो।

कोरियामा कोराना भाइरसको संक्रमण फैलिइरहेको उल्लेख गर्दै दूतावासले भनेको छ, ‘हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरू देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य शेपा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन पनि राजदूतावास अनुरोध गर्दछ।’

अहिले कोरियामा कोरोना भाइरसको संक्रमितको संख्या चार सय पुगेको छ। यो क्रमण बढिरहेको जनाएको छ।  दूतावासले जारी गरेको सूचनामा कोरोना भाइरसको संक्रमणबाट बच्न कोरिया सरकार र सम्बन्ध स्वास्थ्य निकायहरुले समय समयमा जारी गरेका सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, फागुन ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्