Kathmandu Press

एक्सप्रेस साकोसको १५औं वर्षिक साधारणसभा

साधारणसभाबाट ईश्वर केसीको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको छ।
एक्सप्रेस साकोसको १५औं वर्षिक साधारणसभा

काभ्रे, भदौ २६ : एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा तथा वार्षिकोत्सव सम्पन्न भएको छ।

साधारणसभाबाट ईश्वर केसीको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित भएकाे छ। यस्तै साधारणसभाले पुजन श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति पनि चयन गरेको छ।

Hardik ivf

नवनिर्वाचित अध्यक्ष केही लामो समयदेखि कोषाध्यक्षको भूमिकामा रहँदै आएका थिए। केसीले अबका दिनमा अझै प्रवाभकारी रुपमा ऐन–नियम र विनियमको परिधीमा रहेर स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी काम गर्ने बताए।

उनले चाँडै नै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवाअन्र्तगत मोबाईल र एसएमएस बैंकिङ सेवा पनि सुरु गर्न लागेको बताए।

निर्वतमान अध्यक्ष देवसागर लामाले नव नेतृत्वलाई शुभकामना व्यक्त गर्दै संस्थाको उत्तोरत्तर प्रगतीको कामना गरे। उनले एक्सप्रेस साकोसप्रति विद्यमान परिस्थितिमा पनि सदस्यहरुले देखाएको माया, विश्वास र सद्भावप्रति आभार व्यक्त गरे।

संस्थाको सम्पत्ति तथा दायित्व २६ करोड ४६ लाख ९५ हजार ९ सय १६ रुपैयाँ ३० बराबर छ भने संस्थामा शेयर पूँजी १ कारोड ७९ लाख ६८ हजार छ।

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, भदौ २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्