कालापनी फिर्ता ल्याउन कूटनीतिक प्रयास भइरहेको छ : गृहमन्त्री
हेटौंडा, फागुन ११ : गृहमन्त्री रामबहादुर थापाले भारतसँगकाे सीमा विवाद सुल्झाउँन कूटनीतिक प्रयास भइरहेकाे बताएका छन्।
आइतबार गृह मन्त्रालयद्व....

हेटौंडा, फागुन ११ : गृहमन्त्री रामबहादुर थापाले भारतसँगकाे सीमा विवाद सुल्झाउँन कूटनीतिक प्रयास भइरहेकाे बताएका छन्।
आइतबार गृह मन्त्रालयद्वारा हेटौंडामा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले कालापानीबारे कूटनीतिक प्रयास भइरहेको बताए। ‘नेपालको कालापानी क्षेत्रको भूभागलाई फिर्ता ल्याउन सरकारले भारत सरकारसँग कूटनीतिक प्रयास गरिरहेको छ,’ गृहमन्त्रीले भने।
उनले भ्रमण वर्षलाई उच्च प्राथमिकता दिएर बाह्य पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम कार्यान्वयन गरिएको बताए। ‘शान्ति सुरक्षालाई सुदृढ बनाउन सुरक्षाको नयाँ रणनीति अवलम्बन गरिएको छ,’ उनले भने।
गोष्ठीमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल सहभागी छन्।
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्ति सुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रण तथा छिमेकी सिमाना समीक्षा गरिने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।
गृहमन्त्रालयको सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाको उच्चस्तरीय सुरक्षा अधिकृत, प्रदेशका १३ वटै जिल्लाका प्रजिअहरुको सहभागिता गोष्ठीमा रहेको छ।











