आर्थिक क्रान्ति सम्भव छ : अर्थमन्त्री महत
सोमबार काठमाडौंमा आयोजित ११० औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए।काठमाडौं, भदाै २५ : अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित ११० औं वीपी जन्मजयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए।
‘नेपालको आर्थिक क्रान्ति सम्भव छ। तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ। आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ। त्यसमा सरकारले सहयोगी भूमिका ,सहजकर्ताको भूमिका र प्रतिश्पर्धा सुनिश्चिता सरकारले गर्छ।’
शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने उनको भनाइ छ। उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन्।
प्रकाशित मिति: १६:४२ बजे, सोमबार, भदौ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहणबुधबार, मंसिर १२, २०८१