चैतभित्रै विद्यालयमा शिक्षकको दरबन्दी पुर्याउँछाैं : मन्त्री पोखरेल
काठमाडाैं, फागुन १० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पुर्याइ....

काठमाडाैं, फागुन १० : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयमा यही चैतभित्रमा अपुग शिक्षक दरबन्दी पुर्याइने बताएका छन्।
जनविकास माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सव कार्यक्रममा शनिबार उनले धेरै विद्यालय खुलेकाले ३९ हजार शिक्षक दरबन्दी अभाव रहेकाले चैतभित्र दरबन्दी पुर्याइने बताएका हुन्।
उनले स्थानीय तहबाट ती अपुग दरबन्दी सिर्जना गरिने जानकारी दिए। उनले विद्यालयमा सरकारले बजेट मात्र दिएर राम्रो नहुने भन्दै विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिए।
सामुदायिक विद्यालयमा विद्यार्थी पढ्न आउन तयार रहेकाले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। शिक्षा नीति आइसकेकाले अब शिक्षा ऐनको तयारीमा सरकार रहेको उनले जानकारी दिए। उनले विद्यालय तहबाट गणित विषय नहटाइएकाले कक्षा १० सम्म गणित अनिवार्य गरिएको बताए।
उनले संसारमा पढाइ हुने १० प्रकारका जीवनशैली पद्दतिअनुसारका शिक्षा कक्षा ११ मा शुरु गरिएको बताए।











