Kathmandu Press

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

नयाँदिल्लीमा  जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए। 
‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’

नयाँ दिल्ली, भदे २४ : चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ। साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य  विषय नउठाउन आह्वान गरेको छ। 

नयाँदिल्लीमा  जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए। 

चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्ने, खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने र विश्व व्यापार सङ्गठनको केन्द्रमा रहेको बहुपक्षीय व्यापार प्रणालीलाई संयुक्त रूपमा समर्थन एवं प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। 

 चीन र बेलायत दुवै स्वतन्त्र व्यापारका पक्षपाती, अभ्यासकर्ता र लाभापेक्षी भएकाले पारस्परिक सहकार्य र साझेदारीका निम्ति उहाँले आफ्ना समकक्षीसँग आह्वान गरेका हुन्।

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, भदौ २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्