Kathmandu Press

इन्टरनेट नहुँदा पनि प्रभु बैंककाे मोबाइल बैंकिङ एप चल्ने, पैसा नलाग्ने

इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले यस्तो सुविधा ल्याएको हो।
इन्टरनेट नहुँदा पनि प्रभु बैंककाे मोबाइल बैंकिङ एप चल्ने, पैसा नलाग्ने

काठमाडौं, भदाै २३ : प्रभु बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ।

इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले यस्तो सुविधा ल्याएको हो। वाइफाई वा मोबाइल डेटा नहुँदा समेत प्रभु बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न सकिने बैंकले सामाजिक सञ्जालमार्फत जानकारी गराएकाे हाे।

Hardik ivf

मोबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेल आजियाटासँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई प्रदान गरेकाे याे मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाइने बैंककाे भनाइ छ। बैंकले फेसबुकमा लेखेको छ, 'डेटा छैन, नो प्रोब्लम ! प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाइल डेटा खर्च नहुने तथा डेटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ।'

बैंकका अनुसार नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरूले मोबाइल डेटाको शुल्क नलाग्ने तथा डेटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नेछन्।

प्रकाशित मिति: १५:४४ बजे, शनिबार, भदौ २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्