प्रश्न उठाएको आरोपमा धरानका मेयर साम्पाङले थुनाए एक युवा
मेयर साम्पाङ स्वयम्ले सामाजिक सञ्जालमार्फत ती युवालाई प्रहरीको जिम्मा लगाएको सार्वजनिक गरेका छन्। साम्पाङले ती युवालाइ ‘बदमास’ भनेका छन्। उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाडिने पनि बताएका छन्।
धरान, भदौ २३ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफुसँग सवालजवाफ गर्ने एक जना युवालाई थुनाएका छन । साम्पाङले स्थानिय अशोक लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गराएका हुन्।
मेयर साम्पाङ स्वयंले ती युवालाई प्रहरीको जिम्मा लगाएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। साम्पाङले ती युवालाइ ‘बदमास’ भनेका छन्। उनले स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई नछाडिने पनि बताएका छन्। 'बदमासलाई प्रहरी जिम्मा लगाइयो ! स्वतन्त्रताको नाममा अराजकता फैलाउने कसैलाई छाडिनेछैन ! जय देश !' उनले फेसबकमा लेखेका छन्।
धरान उपमहानगरपालिका वडा नम्बर– १५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई ति युवाले प्रश्न गरेका थिए । युवा लिम्बूले ‘डेंगुले मान्छे मरिरहेको अवस्थामा बाटोमा अर्कै कार्यक्रम गर्ने ?’ भन्दै प्रश्न सोधेका थिए।
यही विषयलाई लिएर लिम्बूलाई नगर प्रहरी लगाएर पक्राउ गराइएको जनाइएको छ। ती युवालाई हाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ।
मेयर साम्पाङको निर्देशनमा नगर प्रहरीले लिम्बूलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा विरोध र आलोचना भइरहेको छ।











-(86)-1764936079.jpg)
