मोरक्कोमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ६३२ पुग्याे
पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
काठमाडौं, भदौ २३ : मोरक्कोमा शक्तिशाली भूकम्प गएकाे छ। भूकम्पमा हुनेको संख्या ६३२ जना पुगेको छ।
शुक्रबार राति ११ बजेर ११ मिनेटमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा घाइते हुनेको संख्या ३२९ पुगेको सिएनएनले जनाएको छ।
पर्यटकीय सहर माराकेशबाट ७१ किलोमिटर दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। मोरक्कोका धेरै सहरमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ।
तरौडान्ट र माराकेस सहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन्। भूकम्पको धक्का महसुस भएका कतिपय ठाउँका मानिस घर छोडेर सडकमा निस्किएका छन्।
प्रकाशित मिति: १२:५६ बजे, शनिबार, भदौ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-(15)-1765023641.png)







-1763799581.jpg)