Kathmandu Press

प्रचण्डले भने- एमसीसी परिमार्जनसहित संसदबाट पारित हुन्छ

चितवन, फागुन १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमस....

प्रचण्डले भने- एमसीसी परिमार्जनसहित संसदबाट पारित हुन्छ

चितवन, फागुन १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसीसी) परिमार्जनसहित संसदबाट पारित हुने बताएका छन्। 

चितवनको भरतपुरमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीको कार्यदलले दिएको सुझावका आधारमा परिमार्जन गरेर एमसीसी संसदबाट पारित हुने बताएका हुन्। 

एमसीसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले शुक्रबार साँझ अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो। कार्यदलले केही परिमार्जन गरेरमात्रै एमसीसी अनुमोदन गर्नु पर्ने सुझाव नेतृत्वलाई दिएको छ। 

प्रचण्डले कार्यदलले बुझाएको प्रतिवेदन विस्तृत अध्ययन गरी  एमसीसी परिमार्जनसहित अनुमोदन हुने बताए। ‘एमसीसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ।  प्रधानमन्त्रीजीले यो विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको छ,’ उनले भने।

प्रचण्डले सरकारको कामका विषयमा सचिवालय बैठकमा समीक्षा हुने बताए। वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यो विषयमा समीक्षा गरेर अघि बढ्ने बताए। 

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, फागुन १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्