बाजुरामा भेटिएको बम सेनाद्वारा निष्क्रिय
मार्तडी, फागुन १० : बाजुराको बडीमालिका नगरपालिका–९ मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम सेनाले निष्क्रिय पारेको ....

मार्तडी, फागुन १० : बाजुराको बडीमालिका नगरपालिका–९ मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम सेनाले निष्क्रिय पारेको छ।
गएराति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम शनिबार समरजीत गुल्मको सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए।
रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको उनले जानकारी दिए। उनका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ। बम राखेको थाहा भएपछि स्थानीय त्रसित बनेका हुँदा खोजी कार्यमा प्रहरी लागेको बताइएको छ। रासस











