Kathmandu Press

सुनको मूल्य प्रतितोला रु. १ लाख १२ हजार

सुनको मूल्य प्रतितोला रु. १ लाख १२ हजार

काठमाडौं, भदौ २१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार तोकिएको छ।

अघिल्लो दिन प्रतितोला रु. एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु चार सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार ४ सय ५० तोकिएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ४ सय १० तोकिएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १२:०१ बजे, बिहीबार, भदौ २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्