Kathmandu Press

एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझायो

काठमाडाैं, फागुन ९ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अध्ययन गर्न बनाएको कार्यदलले आफ्नो प्रतिवेदन बुझ....

एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझायो

काठमाडाैं, फागुन ९ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को अध्ययन गर्न बनाएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। 

कार्यदलले शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा प्रधामन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। 

सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार  गरी अध्यक्षद्वयलाई बुझाइएको कार्यदलका सदस्य भीमबहादुर रावलले जानकारी दिए।

पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने उनले बताए। 

पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्