Kathmandu Press

बाटो छेकेर पैसा उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु 

काठमाडौं, फागुन ९ : शिवरात्री मनाउन बाटोमा डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसको ठक्करबाट मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द....

बाटो छेकेर पैसा उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु 

काठमाडौं, फागुन ९ : शिवरात्री मनाउन बाटोमा डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको बसको ठक्करबाट मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावती का ९ वर्षीय पुजन थामीको बसको ठक्करबाट मृत्यु भएको हो।

दोलखाको सिंगटीबाट चरिकोटतर्फ आउँदै गरेको अरनिको यातायातको बा४ख ५८०९ नम्बरको बसले शुक्रबार ११ बजे पैसा उठाइरहेका बालकलाई बेवास्ता गरी दौडाएको थियो। 

डोरीको एक छेउको भाग पुजनले समाएका थिए । बसको प्रेसरले डोरी चुँडिदा पुजन बसको पछाडिको पांग्रामा ठोक्किन पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

मृतक बालकको शव घटनास्थलमै राखिएको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १७:०५ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्