Kathmandu Press

सुर्खेतमा दुई लाख रुपैयाँ घुससहित खानेपानीका प्राविधिक पक्राउ

काठमाडौं, फागुन ९ : खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ।

अख्ति....

सुर्खेतमा दुई लाख रुपैयाँ घुससहित खानेपानीका प्राविधिक पक्राउ

काठमाडौं, फागुन ९ : खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान बाँकी रहेकाले शुक्रबार सार्वजनिक गरिएको हो। आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, फागुन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्