Kathmandu Press

भदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
भदौ २२ गते बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, भदौ १९ : बागमती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यससँगै प्रदेश सरकारले पाँच वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश नीति तथा योजना आयोगको सदस्यमा बुढानीलकण्ठ नगरपालिका ५ काठमाडौ‌की कृष्ण कुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरको छ।

त्यसैगरी प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज सहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्विकृत गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यसैगरी ग्रामीण सडक सञ्जाल सुधार आयोजना एएफ सञ्चालनका लागि म्याचिङ फण्डको सुनिश्चितता गरी नेपाल सरकार, एशियाली विकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिवलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

प्रकाशित मिति: ०७:१९ बजे, मंगलबार, भदौ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्