खानेपानी सचिव जिम्मेवारीबिहीन
काठमाडौं, फागुन ७ : सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई जिम्मेवारीबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ठाकुरलाई कार्य क....

काठमाडौं, फागुन ७ : सरकारले खानेपानी सचिव गजेन्द्र ठाकुरलाई जिम्मेवारीबाट हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले ठाकुरलाई कार्य क्षमतामा कमजोरी देखिएको मन्त्रालयबाट हटाएर जगेडामा पुर्याएकाे हो ।
मन्त्रालय स्रोतका अनुसार ठाकुरले मेलम्ची खानेपानी आयोजनामा मनोमानी गरेपछि खानेपानी मन्त्री बिना मगरसँग मनमुटाव बढेको थियो । मेलम्ची खानेपानी आयोजना निर्माणको मुख्य जिम्मेवार कम्पनी सिएमसीसँगको ठेक्का तोडिनुमा पनि ठाकुर नै मुख्य जिम्मेवार रहेको मन्त्रालयको बुझाइछ । “सिएमसीले आयोजनाले समयमा रकम निकासा नगर्दा काम गर्न नसकेको भन्दै अन्तिम समय दिँदा पनि आयोजना प्रमुख रहेका सचिव गम्भीर बनेनन्” स्रोतले भन्यो, “अन्तिम समयमा आयोजनाका कार्यकारी प्रमसुख सुर्यराज कँडेलले बोलाएको बैठकमा समेत ठाकुर खबरै नगरी अनुपस्थित भएर बैठकनै रद्द भएको थियो ।”
ठाकुरलाई जिम्मेवारीबाट हटाइए पनि खानेपानी मनत्रालयको सचिवमा कसलाई ल्याउने भन्नेबारे भने टुङ्गो लागेको छैन । यसअघि मेलम्ची आयोजनामै असन्तुष्टि जनाउँदै सचिव कृष्ण बिसी र मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटालाई हटाइएको थियो ।











