Kathmandu Press

खराब मौसमको कारण अन्तर्राष्ट्रिय विमानस्थलको उडान स्थगित

काठमाडौं, फागुन ९ : खराब मौसमको कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडानहरु रद्द भएको छ। शुक्रबार बिहानैदेखि मौसममा आएको परिवर्तनको कारण आएका विमा....

खराब मौसमको कारण अन्तर्राष्ट्रिय विमानस्थलको उडान स्थगित

काठमाडौं, फागुन ९ : खराब मौसमको कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडानहरु रद्द भएको छ। शुक्रबार बिहानैदेखि मौसममा आएको परिवर्तनको कारण आएका विमान पनि आकाशमै होल्ड भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल टावरका प्रमुख सिताराम भण्डारीका अनुसार तीन एयरवेजको विमान आकाशमै होल्ड गरिएको छ । कतार एयरवेज, मालिन्दो एयर र पलाइ एयरवेजको विमान होल्डमा रहेका छन् । विमानस्थलको भिजिविलिटी बढ्ने क्रममा रहेकाले विमान अवतरण डाइभर्ट भने नगरिएको उनले बताए ।

केही समयअघि सम्म विमानस्थलको भिजिविलिटी २ हजार थियो, अहिले बढेर २ हजार ५ सय भएको छ, उनले भने, भिजिविलिटी बढ्ने क्रममा रहेकोले अवतरण डाइभर्ट गरिएको छैन। सामान्यतय दुई हजार हजार आठ सय भिजिविलिटी हुँदा विमान उडान तथा अवतरण गर्ने गरिएको छ।

मौसम खराब भएपनि सेना दिवसको अवसरमा हुने भीभीआइपी हवाई प्रदर्शनीमा भने असर नपुगेको उनी बताउँछन् । 'सेना दिवसको लागि विमानस्थलमा नोटाम जारी गरिएको थिएन', उनले भने, 'उनीहरुको परीक्षण हो सम्पन्न भइसक्यो।'

प्रकाशित मिति: १३:३५ बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्