सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार
अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू ४ सयले बढेको हो।
काठमाडौं, भदौ १८ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार तोकिएको छ।
अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू ४ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: ११:५७ बजे, सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












