स्वास्थ्यमा गाँजा सेवनको असर
काठमाडौं, फागुन ९ : नेपालमा बि.स २०३४ सालदेखि गाँजाको खेती र ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएको छ । बिशेषगरी युवापुस्ता गाँजाको दुर्व्यसनमा फस्न थाले....

काठमाडौं, फागुन ९ : नेपालमा बि.स २०३४ सालदेखि गाँजाको खेती र ओसारपसारमा सरकारले प्रतिबन्ध लगाएको छ । बिशेषगरी युवापुस्ता गाँजाको दुर्व्यसनमा फस्न थालेपछि सरकारले उक्त कदम चालेको हो। बिशेषगरी शिवरात्रि, होलीलगायतका चाडपर्वमा गरिने गाँजा सेवनले स्वास्थ्यमा हनी पुर्याउने चिकित्सकहरु बताउँछन्।
पौराणिक कालमा ध्यानमा केन्द्रित हुन ऋषिमुनिहरूले गाँजाको प्रयोग गर्ने गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ बताउँछन् । तर, आधुनिक कालमा यसलाई दुर्व्यसनका रूपमा प्रयोग गर्न थालिएपछि विश्वका धेरै देशमा गाँजा खेती र ओसारपसारमा प्रतिबन्ध लगाएको छ।
हिप्पी संस्कृतिको प्रभाव बढेसँगै दुर्व्यसनको लहर पनि संसारभर फैलिएको गुरुङ बताउँछन् । एक समय थियो, युरोपेली मुलुकका दुर्व्यसनी युवा गाँजा सेवनकै लागि नेपाल आउने गर्थे । सरकारले प्रतिबन्ध लगाएसँगै त्यो क्रम बन्द भयो । अहिले पनि कतिपय पहाडी जिल्लामा गाँजाको अवैध खेती हुने गर्छ । र, प्रहरीले गाँजा खेती नष्ट गर्दै आएको छ।
चिकित्सकका अनुसार यसको प्रभाव मस्तिष्कमा हावी भएपछि बाहिरी वातावरणसँगको प्रभाव कम गराउँछ र आफूले गरेका काम थाहा नहुने, होस नहुने र व्यवहारमा परिवर्तन ल्याउने अर्थात् हाँसेको हाँस्यै वा रोएको रोऐ हुने हुन्छ ।’ सेवन गर्नासाथ मस्तिष्कमा यसको नकारात्मक प्रभाव पर्ने गर्छ।
‘गाँजा सेवनले मुटुको चाल बिगार्छ, रक्तचापमा उतारचढाव ल्याउँछ र हृदयाघातसम्म गराउँछ । त्यसका साथै निद्रा नलाग्ने र श्वास फेर्न गाह्रो हुने समस्या पनि देखिन्छन् । आँखा रातो हुने, बान्ता हुने, रिंगटा लाग्ने पनि हुन सक्छ । ‘फोक्सोमा समस्या, दम र दिमागी असन्तुलन हुने दीर्घकालीन रोग लाग्छन्।
‘गाँजामा पाइने ‘क्यानाविनोइड’नामक रसा यनले तुरुन्त मस्तिष्कमा प्रतिक्रिया गराउँछ,’ त्रिवि शिक्षण अस्पतालका एक डाक्टर भन्छन,‘जसले गर्दा कुनै कुरामा डराउने, ध्यान केन्द्रित नहुने, सोचमग्न र एकाग्र हुने, कुनै अवस्थाबारे स्वतः प्रतिक्रिया जनाउने, निर्णय गर्ने क्षमतामा प्रतिकूल असर पर्ने हुन्छ ।’ गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने उनी बताउँछन्।












