सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित
अध्यक्ष ओलीले ९९ मत ल्याए । उनका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याए । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित भए ।काठमाडौं, भदौ १७ : नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिवार सम्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष ओलीले ९९ मत ल्याए । उनका प्रतिद्वन्द्वी शिरोमणि ढुङ्गानाले ९६ मत ल्याए । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित भए । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित भए ।
सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।
प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१