सिर्जनशील उद्यमी मेला सुरु
सिर्जनशील महिलाको एउटै नारा, उद्धम गरौ, बनौ आत्मनिर्भर भन्ने नाराका साथ काठमाडौंको दरवारमार्गस्थीत होटल अन्नपूर्णमा आयोजना गरिएको उद्यमी मेला भाद्र १७ गतेसम्म चल्ने महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिए।
काठमाडाैं, भदाै १४ : महिला सिर्जनशील केन्द्रको आयोजनामा सिर्जनशील उद्यमी मेला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।
सिर्जनशील महिलाको एउटै नारा, उद्धम गरौ, बनौ आत्मनिर्भर भन्ने नाराका साथ काठमाडौंको दरवारमार्गस्थीत होटल अन्नपूर्णमा आयोजना गरिएको उद्यमी मेला भाद्र १७ गतेसम्म चल्ने महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिए।
मेलामा विशेषतः घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी, तीज विशेष खानाका परिकारहरु, महिला उद्यमशीलता र वित्तीय पहुँचसम्बन्धी अन्तक्रिया लगायतका कार्यक्रम राखिएको उहाले बताए।
महिलाहरुले उत्पादनका वस्तुहरुको सहज रुपमा बजारीकरण गर्न र महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न मेलाको आयोजना गरिएको उहाको भनाइ छ। ८० भन्दा बढी स्टल रहेको मेलाको १० हजार बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।





प्रकाशित मिति: १४:२४ बजे, शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












