Kathmandu Press

नोबेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

नोबेल पुरस्कारको भोजमा रुस, इरान र बेलारुसलाई पनि निम्तो

स्टकहोम, भदौ १५ : नोबेल फाउन्डेसनले गत वर्ष नोबेल पुरस्कार भोजमा आमन्त्रण नगरेका रुस, बेलारुस र इरानलाई यो वर्षको भोजमा सहभागी हुन निम्ता गरेको छ। 

युक्रेन युद्धका कारण गत वर्ष रुस र बेलारुसलाई बोलाइएको थिएन भने इरानको नाजुक मानवअधिकारको स्थितिलाई दृष्टिगत गरी तेहरानलाई पनि भोजमा आमन्त्रित गरिएको थिएन। बेलारुस रुसको प्रमुख सहयोगी होभने उक्त देशका नेता अलेक्ज्याण्डर लुकाशेन्कोले रुसको विशेष सैन्य कारवाहीलाई समर्थन गरेका छन्। 

Hardik ivf

तेहरानले लामो समयदेखि आफ्नो मानवअधिकारको अवस्थालाई लिएर अन्तरराष्ट्रिय जगत्बाट आलोचनाको सामना गरिरहेको छ। संयुक्त राष्ट्रसङ्घले त्यहाँको सरकारले गत वर्षको विरोध प्रदर्शनमा मानवता विरुद्धको अपराध गरेको हुन सक्ने बताएको छ।

प्रत्येक वर्ष स्विडेनको राजधानी स्टकहोममा नोबेल पुरस्कारका  छ वटामध्ये पाँच वटा समारोह स्टकहोममा आयोजना हुने गरेका छन्भने नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा प्रदान गरिन्छ। 

फाउन्डेसनले नोबेल पुरस्कारको मूल्य–मान्यता नमान्नेहरूलाई पनि समावेश गर्न खोजेको जनाएको छ। अध्यागमन विरोधी स्वीडेन डेमोक्र्याट पार्टीका नेता जिमी अक्सनलाई पनि यस वर्ष पहिलो पटक आमन्त्रित गरिएको तर उनले आफू त्यहाँ उपस्थित नहुने बताएका छन्। 

फाउन्डेसनका कार्यकारी निर्देशक विदार हेल्गेसनले विश्वमा विभाजन बढ्दै गएको तथा क्षेत्रहरूमा विभाजित भइरहेको छ, जहाँ फरक विचारधारा भएकाहरूबीच संवाद पनि कम हुँदै गएकाले सबैलाईं समेट्ने प्रयास गरिएको बताएका छन्।

'यो प्रवृत्तिलाई रोक्न हामीले नोबेल पुरस्कारसँग स्वतन्त्र विज्ञान, स्वतन्त्र संस्कृति र स्वतन्त्र एवं शान्त समाजको महत्वलाई बुझाउन निमन्त्रणाको दायरालाई फराक पारेका छौँ,' हेल्गेसनले भनेका छन्। 

प्रकाशित मिति: १४:११ बजे, शुक्रबार, भदौ १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्