साँगाको कैलाश महादेव मन्दिरमा एक लाख भक्तजनलाई निःशुल्क प्रसाद
भक्तपुर, फागुन ९ : महाशिवरात्रिका दिन भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगाको कैलाश महादेवमा करिब १ लाख भक्तजन पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष....

भक्तपुर, फागुन ९ : महाशिवरात्रिका दिन भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगाको कैलाश महादेवमा करिब १ लाख भक्तजन पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्षहरुमा उल्लेख्य रुपमा भक्तजन आएकाले यो वर्ष एक लाख भक्तजनलाई प्रसाद र पानीको व्यवस्था गरिएको छ ।
हिलटेक ग्रुपका अध्यक्ष कमल जैनले आज दर्शनको लागि आउने ५ देखि ७ हजार भक्तजनलाई खानाको पनि व्यवस्था गरिएको बताए। उनले भने, ‘शिवजीको दर्शन गर्न भोकै आउने भक्तजनले दर्शनपछि खानाका लागि भौँतारिन नपरोस् भनेर निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ।'
कैलाशनाथ महादेवको दर्शन गर्न आउनेलाई साँगा र चित्तपोलका स्थानीय क्लबका सदस्य तथा स्थानीयले स्वयंसेवकको रूपमा सहयोग गर्ने जैनले बताए ।











