प्रतितोला ३०० रूपैयाँले घट्यो सुनको मूल्य
अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ।काठमाडौं, भदौ १५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ३०० ले घटेको छ।
अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख ११ हजार ९ सय ५० छ। यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
प्रकाशित मिति: ११:५९ बजे, शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१
सुनको मूल्य प्रतितोला ३ सय घट्योबिहीबार, मंसिर १३, २०८१
कोहलपुरमा विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकले दियो २० लाख रुपैयाँबुधबार, मंसिर १२, २०८१
नेप्से ३९ अंकले वृद्धि, ९ अर्ब बढिको कारोबार बुधबार, मंसिर १२, २०८१