पश्चिमी वायुको प्रभावले देशैभर वर्षा
काठमाडौं, फागुन ९ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार विभागको मौसम....

काठमाडौं, फागुन ९ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभर वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
शुक्रबार विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी बुलेटिन जारी गरि देशभर सामान्य बदली भई पानी वर्षा हुने सम्भावना रहेको जनाएको हो।
महाशाखाका अनुसार, देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति पनि देशभर बदली भई वर्षाको सम्भावना रहेको छ। पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको छ।
त्यस्तै, शनिबार पनि देशभर आंशिक तथा सामान्य बदली भई वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपाताको सम्भावना रहेको जनाएको छ।











