Kathmandu Press

महाशिवरात्रि : चार लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौं, फागुन ९ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ....

महाशिवरात्रि : चार लाखले गरे पशुपतिनाथको दर्शन

काठमाडौं, फागुन ९ : महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। अपरान्ह चार बजेसम्म चार लाखभन्दा बढीले भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरेका छन्।

लाखौँभक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन्। प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीमध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ। नेपालपञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो ५ः४० बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछिचतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शनिबार बेलुकी ६ः३७ बजेसम्म छ।

मध्यरातमा चतुर्दशी तिथि शुक्रबार परेकाले आजै महाशिवरात्रि पर्व मनाउने निर्णय समितिले गरेको हो। पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिनमध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा,आराधना,दर्शन गरे यसलोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको समितिकाअध्यक्ष प्राध्यापक रामचन्द्र गौतम बताउँछन्।

पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्नहुने भएकाले आशुतोषसमेत भनिन्छ। यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दूधर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वकपूजा–आराधना गर्दछन्। शिवजी उत्पत्ति हभएको रातकानामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुखरात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यसपर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउनेआशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ।

बिहान ३ बजे नै खुले पशुपतिका चार ढोका

पशुपति क्षेत्रमा मेला भर्न आएका भक्तजनकोसुविधाका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपतिक्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए। पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनकोव्यवस्था गरिएको कोषले जनाएको छ।

भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनकोव्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापनगरिएको उनले बताए ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका,जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानोढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एकरएक लाम गरी बाहिरी रुपमा दर्शन गर्नेव्यवस्था मिलाइएको सदस्य सचिव ढकालले जानकारी दिए।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फ समेत आवश्यकताअनुसारएक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उनले बताए। नित्यदर्शनार्थीका लागि बिहान ७ बजे अगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाटप्रवेशको व्यवस्था मिलाइएको थियो।

जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेशगरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ। दर्शन गर्न आउने दर्शनार्थीको सवारीपार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि,कोषको कार्यालय,वनकालीलगायतस्थानमा व्यवस्था मिलाइएको छ ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्‍वर, डोलेश्‍वरलगायतशिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनिधुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। महाशिवरात्रिका दिनमात्र यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापनगरिएको छ।

महाशिवरात्रिमा पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने भएपछि तीनवटै सुरक्षानिकायका गरी छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। यसैगरी पाँच हजार स्वयंसेवकपनि पशुपति क्षेत्रमा परिचालन गरिएको कोषले जनाएको छ। दुई वर्ष अघिदेखि नै पशुपतिमा गाँजा,भाङ,धतुरोलगायत लागुपदार्थनिषेध गरिएको थियो। यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसरसाजसजावटमा विशेष ध्यान दिइएको छ। नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएरमन्दिर सजावट गरिएको छ। यसपटक नेपाल भ्रमण वर्षको अवसर समेत परेकाले पशुपतिक्षेत्रलाई विशेष रुपमा सिँगारिएको छ।

लाखौँ भक्तजनलाई पशुपति क्षेत्रको भ्रमणगराउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमारभट्टराईको संयोजकत्वमा १११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

मूल समारोह समितिअन्तर्गत ११ उपसमिति पनि गठनगरिएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। ११ वटै उपसमितिको सक्रियतामा आज रातभर पनि भक्तजनले पशुपतिनाथको पूजा आराधना एवं दर्शन गर्न सक्नेगरी व्यवस्थापन मिलाइएको छ।  (रासस)

प्रकाशित मिति: १०:५५ बजे, शुक्रबार, फागुन ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्