Kathmandu Press

जोहानेसबर्गमा आगो लाग्दा मृत्यु हुनेकाे संख्या ७३ पुग्याे

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन्।
जोहानेसबर्गमा आगो लाग्दा मृत्यु हुनेकाे संख्या ७३ पुग्याे

जोहानेसबर्ग, भदौ १४ :  दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँच तले एक भवनमा आगो लाग्दा ७३ जनाको मृत्यु भएको छभने अन्य ५० जनाभन्दा बढी घाइते भएका छन्।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ७३ जनाको शव फेला परेको तथा ५२ जना सामान्य घाइते भएका छन्। उक्त भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएका छन्। 

Hardik ivf

दमकल सेवाका कर्मचारीले आगो निभाइसकेका छन्। घाइतेलाईहरूलाई स्वास्थ्य केन्द्र र  अस्पताल पुर्‍याइएको छ। केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ। भाग्न छाडेर आफ्ना सरसामान जोगाउने प्रयासमा रहेका केहीले ज्यान नै गुमाएका जनाइएको छ। 

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौता बिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन्। उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन्। 

प्रकाशित मिति: १५:३४ बजे, बिहीबार, भदौ १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्