सेक्युरिटी प्रेस खरिद प्रकरणको छानविन गर्नुपर्छ : डा.महत
पर्सा, फाल्गुन ९ : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण संलग्न अरु पनि....

पर्सा, फाल्गुन ९ : नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण संलग्न अरु पनि हुन सक्ने भएकाले छानविन गर्नुपर्ने बताएका छन्।
शुक्रबार पर्साको वीरगञ्जमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा डा.महतले गोकुल बाँस्कोटाले घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनविन गर्न माग गरे। यसमा बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको उनको आरोप थियो। ‘यो प्रकरणमा अरु पनि हुनसक्छन्, निष्पक्ष छानविन हुनुपर्छ,’ डा.महतले भने।
महतले बास्कोटा एक्लै मात्रै संलग्न होलान भन्ने अवस्था नहरेको जिकिर गरे।
त्यस्तै, नेता महतले बिहीबार काठमाडौंमा नेपाल विद्यार्थी संघका नेता–कार्यकर्तामाथि भएको दमनप्रति आपत्ति जनाए। उनले भ्रष्टाचारीको संरक्षणमा नलाग्न प्रहरी–प्रशासनलाई आग्रह गरे।
उनले सेक्युरिटी प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई जानकारी दिनुपर्ने बताए।











