Kathmandu Press

तीन सयले बढ्यो सुनको मूल्य

तीन सयले बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ १४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयले बढेको छ।

बुधबार तोलाको रु एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ।
 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १२ हजार दुई सय ५० कायम भएको छ। उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० थियो।
 
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ८० तोकिएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति: १३:२३ बजे, बिहीबार, भदौ १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्