Kathmandu Press

जोहानेसवर्गमा आगलागी : ५२ जना हताहत

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन्।
जोहानेसवर्गमा आगलागी : ५२ जना हताहत

जोहानेसवर्ग, भदौ १४ : दक्षिण अफ्रिकाको जोहानेसवर्गस्थित एक भवनमा आगो लाग्दा ५२ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्।

दक्षिण अफ्रिकाको आपत्कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाजीका अनुसार हालसम्म ५२ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन्।

Hardik ivf

पाँचतले आवासीय भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाजीले मृतकको मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन्। घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ। 

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन्। घाइतेलाई अस्पताल पुर्‍याइएको छ। आगलागीको कारण भने खुलेको छैन।

केही समयअघिसम्म शहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ। आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ। 

प्रकाशित मिति: १२:५९ बजे, बिहीबार, भदौ १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्